दलका नेताहरु बोलाएर निर्वाचन आयोगले के भन्यो ? सरकारसँग यस्तो गुनासो

 495 पटक हेरिएको

काठमाडौँ। पुस १४ यता हरेक मन्त्रिपरिषद् बैठकपूर्व आयोगका पदाधिकारी प्रदेश प्रमुख नियुक्ति हुने अपेक्षा गरिरहेका हुन्छन् । तर, कि त बैठकै बस्दैन, बसे पनि त्यो सम्बन्धमा निर्णय नै गर्दैन । तीन सातायताको राजनीति प्रदेश प्रमुख नियुक्तिको गतिरोधले ठप्प छ ।

प्रमुख पाँच ५ दलका नेतालाई मंगलबार निर्वाचन आयोगमा डाकेर प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव भन्दै थिए– ‘सरकारले आज (मंगलबार) प्रदेश प्रमुख नियुक्त गर्दैछ । त्यसमा विश्वस्त भएरै राष्ट्रिय सभा चुनावको तयारी सम्बन्धमा छलफल गर्न यहाँहरूलाई बोलाएको हुँ ।’

दिउँसो १ बजेको बैठकमा प्रमुख आयुक्त यादवले प्रदेश प्रमुखको नियुक्तिसँगै राष्ट्रिय सभा निर्वाचन अगाडिको बाधा हट्ने बताइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले अपराहन साढे ४ बजेलाई बोलाइएको मन्त्रिपरिषद् बैठक एक दिन पर सारिसकेका थिए । सुरुमा मंगलबार बिहान ९ बजे हुने भनिएको बैठक अपराह्न ४ बजे भनियो । त्यसपछि बुधबारलाई सारियो ।

पुस १४ मा प्रधानमन्त्री देउवालाई भेटेर प्रदेश प्रमुखको नियुक्ति यथाशीघ्र गरिदिन आग्रह गरेयता प्रत्येक मन्त्रिपरिषद् बैठकपूर्व आयोगका पदाधिकारीले प्रदेश प्रमुखको नियुक्ति हुने अपेक्षा गरिरहेका हुन्छन् । तर, आयोगको अपेक्षा अधुरै छ । कि त बैठकै बस्दैन, बसे पनि त्यो सम्बन्धमा निर्णय नै गर्दैन । तीन सातायताको राजनीति प्रदेश प्रमुख नियुक्तिको गतिरोधले ठप्प  रहेको खबर कान्तिपुरमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार