ओली नफर्किएसम्म निर्णय नगर्ने अडानमा देउवा, कांग्रेसका मन्त्रीले फेल खाए

 493 पटक हेरिएको

काठमाडौं। हरेक दिनजसो प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने बताउँदै आएको सरकार अन्ततः एमाले अध्यक्ष केपी ओलीलाई कुर्ने निष्कर्षमा पुगेको छ ।  उपचारका क्रममा बैंककमा रहेका अध्यक्ष ओली फर्केपछि एकपटक छलफल गरेर मात्र निर्णय लिने निष्कर्षमा प्रधानमन्त्री पुगेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

तर, कानुनमन्त्री यज्ञबहादुर थापा र श्रममन्त्री फरमुल्लाह मन्सुर भने बुधबार (आज) बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्णय हुने बताउँछन् । उनीहरूले यस्तो दाबी गरेको यो तेस्रोपटक हो ।

प्रदेश प्रमुख र अस्थायी राजधानीका विषयमा निर्णय गर्न भन्दै मंगलबार बिहानका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक मंगलबार साँझलाई सारिए पनि पुनः बुधबार बिहानका लागि सारिएको छ । तर, प्रधानमन्त्री भने प्रदेश अस्थायी राजधानीमा चौतर्फी विरोध र आफ्नै पार्टीभित्रको असन्तुष्टिपछि ओली नफर्किएसम्म निर्णय नगर्ने निष्कर्षमा  पुगेका हुन्, राजधानी दैनिकमा खबर छ  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार