काठमाडौं । डन भनिएका दिपक मनाङेलाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजायको फैसला सुनाएसँगै उनको सांसद पद धरापमा परेको छ । मनाङे प्रदेशसभा चुनावमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्यमा विजयी उम्मेदबार हुन् ।

तर, प्रदेश सभा सांसदको सपथ ग्रहण गर्न नपाउँदै सर्वोच्चको फैसलासँगै उनको राजनीतिक करियरमा ठूलो धक्का लागेको छ ।
मनाङेलाई कर्तव्य ज्यान मुद्दामा पाँच वर्षको जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसलालाई मंगलबार सर्वोच्च अदालतले सदर गरिदिएको छ ।
एमालेले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । पछि एमालेको समर्थनमा विजयी भए । तर, प्रदेशसभा सदस्यको सपथ नलिँदै उनी ज्यानमुद्दामा दोषी ठहर भएका छन् र उनको पद गएको छ ।