पत्रकार आक्रमण प्रति नेपाल पत्रकार महासंघको भत्र्सना

काठमाडौं माघ २- समाचार संकलनका क्रममा गोरखाका पत्रकार सुदीप कैनीमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघले भत्र्सना गरेको छ । महासंघ महासचिव रमेश विष्टले विज्ञप्ति प्रकाशित गरी पत्रकारले स्वतन्त्रतापूर्वक समाचार संकलन र सम्प्रेषण गर्न पाउने संबैधानिक र कानुनी अधिकार माथिकै आक्रमण भएको भन्दै पत्रकार कैनीको उपचार र क्षतिपूत्र्तिको व्यवस्था मिलाउन माग गरेका हुन् ।

तनहुँको आँबुखैरेनी गाउँपालिका(३ स्थित मस्र्याङ्दी नदीको भूते रह घाटमा भइरहेको अवैध बालुवा उत्खननको समाचार संकलन गर्न गएका पत्रकार सुदीप कैनीमाथि सोमबार आक्रमण भएको थियो । आक्रमणबाट उनको घाँटी र शरीरको विभिन्न भागमा चोट लागेको छ । कान्तिपुर दैनिकका गोरखा संवाददाता रहेका कैनीको क्यामेरा समेत फुटाइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार