सुनकाे भाउ बढ्याे

काठमाण्डौ माघ २- नेपाली बजारमा आज पहेलो धातु अर्थात सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । सुन आज प्रतितोला ५७ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन प्रतितोला ५७ हजार रुपैयामा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि आज ५ रुपैयाका दरले बढेको छ । चाँदी आज सात सय ६५ रुपैयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार