सरस्वती पुजाको लागि मूर्तिकारहरु मूर्ति बनाउ थाले धमाधम

काठमाण्डौ माघ २- सरस्वती पुजा नजिकीन्दै गर्दा सरस्वतीको मूर्ति बनाउन परम्परगत मूर्तिकारहरु भने अहिले व्यस्त देखिन्छन् । पूजा नजिकीए संगै सिमाबर्ति क्षेत्रका युवा तथा भारतका मुर्तिकारहरु अहिले देवी स्वरस्वतीको मुर्ति बनाउन व्यस्त देखीएका छन् ।
तराईका जिल्लामा पराल,माटो र बाँसबाट उनिहरुले कलात्मक तरिकाले देवी सरस्वतीको मुर्ति बनाएर बिक्री गर्ने चलन अनुसार यसपालीको सिजन उनिहरु लाई लागेको हो । मंसिरको पहिलो साता भारतबाट नेपाल आएर घर भाडामा लिएर आफ्नो कलाको माध्यमबाट तीन महिनाको अबधिमा ८० हजार देखि १ लाख रुपैयाँ सम्म कमाउने गरेका सिसवनि जहदा ४ का बिजय मण्डलले वताए । उनिहरुले पराल लाई डोरीले बाँधेर हात, खुट्टा र शरिरको आकृति निकालेर त्यसलाई चिम्टाईलो माटोले मूर्तीको आकृतिमा माटोले लिप्ने गर्दछन् । त्यसपछि मुर्तिलाई घाममा सुकाएर बिभिन्न रंग रोगन गरेर बिक्री गर्ने गरिएको छ ।
तराईमा यस्ता मुर्तिहरुको अत्याधिक किनमेल हुने गरेको छ । ८ बर्ष देखि आफु यो कलाकार पेसामा लागेको र आफुलाई राम्रो भएको र आफुले नेपालमा बसेर राम्रो कमाई हुने गरेको मूर्तिकारहरु बताउँछन् । उनिहरु माटोको मात्र होइन् सिमेन्टको मुर्ति वनाउन सक्छन् । माटोको तुलनामा सिमेन्टको मूर्ति महंगो हुने भएकोले सरस्वती पूजाको एक दिनका लागि बनाइने मर्ति माटोले बनाउने गरेको उनिहरु बताउँछन् । एक मुर्ति बराबर १५ सय रुपैयाँ देखि १० हजार रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ । सरकारी तथा निजि बिधालयका विद्यार्थीले धुमधामका साथ मनाउने बसन्त पंचमी सरस्वती पुजा उनिहरुका लागि महत्वपूर्ण दिन मानिन्छ । यसपाली सरस्वती पूजा माघ ८ गते परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार