दोस्रो पूर्वाञ्चल पुष्प व्यापार मेलामा ७० लाख बराबरको कारोबार


धरान । सुनसरीको धरानस्थित दोस्रो पूर्वाञ्चल पुष्प व्यापार मेलामा ७० लाख बराबरको कारोबार भएको छ । पौष २७ देखि माघ १ गतेसम्म मेला सञ्चालन भएको सो मेलाका सहसंयोजक एवम् ७० लाखको कारोबार भएको फ्लोरिकल्चर एसोसिएन सुनसरीका अध्यक्ष खगेन्द्र पोख्रेलले जानकारी दिएका हुन ।
मेलाको समापन कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले आगामी दिनमा समेत फ्लोरिकल्चर एसोसिएनले आयोजन गर्ने यस्ता प्रदर्शनीलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता गरेका थिए ।
त्यस्तै फूलको राजधानी बनाउने अभियानमा विगतदेखि लागि परेका अभियन्ता वंशी मोक्तानले धरानलाई साच्चै सुन्दर र पर्यटकीय गन्तव्य बनाउन अब धरान उपमहानगरपालिकाले गुरुयोजना अगाडि सार्नुपर्ने बताउदै फूलका नर्सरीलाई व्यवसायिककरण गराउन नेपाल सरकारले समेत भरपुर सहयोग गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार