निर्वाचन आयोगले बोलायो दलका नेतालाई, यी विषयमा हुँदैछ छलफल

काठमाडौं। निर्वाचन आयोगले मंगलबार दलहरुसँग छलफल गर्ने भएको छ ।

सरकारले प्रदेश प्रमुख नियुक्त गर्न ढिलाइ गरेपछि राष्ट्रियसभा सदस्य निर्वाचन नै प्रभावित हुने भन्दै आयोगले दलहरुलाई छलफलका लागि बोलाएको हो ।

प्रदेश प्रमुख नियुक्त नहुँदा राष्ट्रियसभा निर्वाचनमा मतदान गर्ने मतदाता नामावली तयार पार्न अन्यौल रहेको आयोग जनाएको छ । राष्ट्रिय दलको मान्यता पाएका नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राजपा नेपालसहितका पाँच दललाई छलफलका लागि बोलाइएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रदेश प्रमुख नियुक्त भएपछि नवनिर्वाचित प्रदेश सभा सदस्यहरुले शपथ खाएर मात्र राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न पाउने कानूनी बाध्यताका कारण आयोगले छिटो प्रदेश प्रमुख नियुक्त गर्न सरकारलाई दबाब दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार