काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनका नेताहरुलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रदेश प्रमुख नियुक्तिको विषयमा छलफल गर्न एमाले र माओवादीका शीर्ष नेताहरुलाई बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ।
एमाले माओवादीसँग छलफलपछि आज बस्ने मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख तथा प्रदेशको अस्थायी सम्पर्क कार्यालय खोल्ने निर्णय हुने बताइएको छ ।
सरकारले प्रदेश प्रमुख नतोकिँदा निर्वाचन आयोगले प्रदेशसभातर्फको समानुपातिक तर्फको निर्वाचन परिणाम अझै बुझाएको छैन ।