किन लम्बियो केपी ओलीको थाइल्याण्ड बसाई ?

 1038 पटक हेरिएको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बैंकक बसाई लम्बिने भएको छ । नियमित उपचारको क्रममा ओलीलको बैंकक बसाई निर्धातिर समयभन्दा लामो हुने निश्चित भएको छ ।

ओलीसँगै बैंककमा रहेका पत्रकार तथा एमाले प्रचार विभाग सचिव विष्णु रिजालले सामाजिक संजाल फेसबुकमा ओलीले केही दिन बैंककमै आराम गर्ने बताएका छन् । सबै रिपोर्ट आएको बताउँदै रिजालले ओलीको स्वास्थ्य राम्रो रहेको समेत बताएका छन् । सँगै बैंकक पुगेका चिकित्सकहरु नेपाल फर्किसकेको समेत बताएका छन् ।

एक हप्ताको लागि भनेर ओली बैंकक गएका थिए तर रिजालको स्टाटसले कम्तिमा पनि १० दिन र बढीमा १५ दिन लाग्ने देखिएको छ ।

ओलीको स्वास्थ्य अवस्था पूरै ठिक भएर पनि पूर्व निर्धारित समयलाई लम्ब्याउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । रिजालले एक दुई दिन बैंककमै आराम गर्ने बताएपनि कति दिन भन्ने खुलाएका छैनन् ।

स्रोतहरुका अनुसार एमाले अध्यक्ष ओलीको दुई कारणले लम्बिएको हो । पहिलो भनेको भारतीय पक्षसँग भएको पहिलो चरणको भेटको जवाफ आएको छैन । जयशंकर र धसमाना भेटवार्ता पछि बैंककबाट भारत फर्कि सकेका छन् । दुबै जनाले ओलीसँग भएको भेटवार्ताबारे कुनै जानकारी गराएका छैनन् । फेरि सम्पर्कमा जोडिने भन्दै भारतीय प्रतिनिधि दिल्ली उडेका थिए ।

अर्को छिमेकी चीनका प्रतिनिधिसँगको भेटवार्ताको तयारी भइरहेको छ । आज वा भोली चीनका उच्च अधिकारीसँग भेटवार्ता हुँदैछ । चीनसँग पहिलो चरणको भेटवार्ता सकेर यो दोस्रो चरण हो । भेटवार्ताले कति समय लिने हो भन्‍ने अहिले नै भन्‍न सकिँदैन ।

ओली नेपालको आगामी राजनीतिबारे दुबै छिमेकीको नयाँ धारणा बोकेर मात्रै नेपाल फर्किने छन् । दुबैतिरबाट भोली नै जवाफ आए बुधबार स्वादेश फिर्ता हुनेछन् भने नभए केही दिन लाग्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार