काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद बैठक बोलाएका छन् । माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशका प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्नेबारे अन्तिम निर्णय लिन देउवाले दिउँसो चार बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन्।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार आजको बैठकले प्रदेश प्रमुख तोक्नुका साथै प्रदेशको कार्य सञ्चालन गर्ने गरी अस्थायी केन्द्र तोक्नेछ।
प्रधानमन्त्री देउवाले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने बताउँदै आए पनि सहमति जुट्न नसकेपछि यी दुवै निर्णय आफैँ गर्न लागेका हुन्।
निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गर्दै माघ ४ सम्म प्रदेश प्रमुख नतोके माघ २४ गतेको राष्ट्रियसभा निर्वाचन प्रभावित हुने चेतावनी दिएपछि सरकारले आजै यो निर्णय लिन लागेको बताइएको छ।