प्रचण्ड र ओलीलाई देउवाको प्रश्न, सरकार छाड् भन्न तपाईहरुलाई लाज लाग्दैन ?

कैलाली ३०, पुस । सरकारको नेतृत्व हस्तान्तरण बारे प्रधानमन्त्री शेरवहादुर देउवाले वामगठबन्धनका शीर्ष नेताहरुमाथि गम्भीर प्रश्न तेस्र्याएका छन् । सरकारमा बसिरहने आफ्नो रहर नभएको भन्दै देउवाले सरकार छाड् भन्न लाज लाग्दैन भनेर प्रचण्ड र केपी ओलीलाई प्रश्न गरेका छन् ।

अहिले प्रतिनिधिसभाले पूर्णता नै नपाएको भन्दै उनले राष्ट्रियसभा निर्वाचन गराउनु आफ्नो बाध्यता भएको बतए ।

आइतबार कैलालीको गोदावरीमा बाह्र राशी मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘बहुमत ल्याउनुस्, सरकार बनाउनुस् । कसले रोकेको छ ?’

राजनीतिक कुरा बोल्न योजना नभएपनि पूर्ववक्ताले धेरै कुरा बोलेपछि बोल्नु पर्ने बाध्य भएको बताए । उनी अघि बोलेका कैलाली ५ का सांसद एमाले नेता नारदमुनी रानाले सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका थिए ।

रानाको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै देउवाले भने, ‘सरकारमा बस्ने रहर छैन, कतिपल्ट भनिसकेको छु ।’

‘निर्वाचन आयोगले भनेको छ, राष्ट्रियसभाको चुनाव गराऊ । राष्ट्रियसभाको चुनाव गराउनु बाध्यता हो मलाई । आयोगसँग परामर्श गरेर २४ गते तोकेको छु, देउवाले भने ।

राष्ट्रियसभा निर्वाचनपछि संसदमा समानुपातिबाट कति पठाउनु पर्ने हो तय हुने भन्दै देउवाले भने, ‘प्रतिनिधिसभा नै पूर्ण भएकै छैन, कसलाई सत्ता हस्तान्रण गरुँ ?’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार