कांग्रेसका दिग्गज नेताहरुको गोप्य बैठक, देउवाविरुद्ध तयार भयो यस्तो रणनीति

 1095 पटक हेरिएको

काठमाडौं ३०, पुस । नेपाली कांग्रेसका तीन जना पराजित दिग्गज नेताहरुले गोप्य बैठक गरेका छन् । प्रतिनिधि सभाको निर्वाचिनमा पराजय भोगेका नेताहरु रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौला र अर्जुन नरसिंह केसीबीच आज काठमाडौंको महाराजगञ्जस्थित एक होटलमा गोप्य बैठक भएको छ ।

चुनावमा नराम्रो हार ब्योहोरेको कांग्रेसभित्र पछिल्लो समय विवाद चुलिएको बेला बेला पार्टी यी तीन जना प्रभावशाली नेताहरु एकै ठाउँमा उभिएका छन् ।

करीब दुई घण्टा लामो भएको उक्त गोप्य बैठकमा सभापति शेरबहादुर देउवाकै कारण पार्टी इतिहासकै कमजोर अवस्थामा पुगेको निष्कर्ष निकालिएको स्रोतको दाबी छ ।

अब पनि चुप लागेर बसिरहे पार्टी गम्भीर संकटमा पर्ने भन्दै पार्टीलाई बचाउन एक भएर अघि बढ्ने तीन नेताबीच समझदारी भएको स्रोतले जनाएको छ ।

विगतमा एकै समूहमा भएका भनिएका सिटौलाले समेत सभापतिमा उम्मेदवारी दिएपछि पौडेल–सिटौलाबीच सम्बन्ध बिग्रिएको ठानिएको थियो । तर, पछिल्लो समय देउवाकै कारणले पार्टीमा समस्या आएको भन्दै सम्बन्ध सुधार गर्दै पौडेल–सिटौला समेत एकै ठाउँमा उभिएका हुन् ।

यसो त १३ औं महाधिवेशनमा देउवा समूहबाट महामन्त्री लडेका केसी पनि सभापतिको कार्यशैलीबाट रुष्ट रहेको बताइन्छ ।

यसैले गर्दा देउवाप्रति असन्तुष्ट यी नेताहरु पार्टीलाई नयाँ शिराबाट अघि बढाउन लागिपरको बताइएको छ । यसमा देउवाकै समूहमा रहेका केसीलगायत नै अग्रसर भएका हुन् ।

असन्तुष्टहरु कांग्रेसलाई पहिलेको जस्तै बलियो अवस्थामा फर्काउन कसरी एकजुट भएर जाने भन्ने विषयमा निरन्तर छलफलमा रहेको नेताहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार