राष्ट्रियसभाको चुनाव भएपछि संसद्ले पूर्णता पाउने-प्रधानमन्त्री देउवा

धनगढी, पुस ३० – कैलालीको गोदावरीधाममा आयोजित ‘गोदावरी बाह्र राशि मकर मेलाको उद्घाटन गर्दै  प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभाको चुनाव भएपछि संसद्ले पूर्णता पाउने बताएका छन ।
सात नम्बर प्रदेश सुदूरपश्चिमको प्रमुख तीर्थस्थलका रुपमा रहेको गोदावरीधाममा   उनले “राष्ट्रियसभाको चुनावपछि आफूले सरकारबाट बाहिरिने स्पष्ट बताए ।उनले आफ्नो व्रतबन्ध भएको ठाउँ कैलालीको गोदावरीधामको विकासका लागि आफ्नो सक्दो सहयोग रहने बताए ।
सो अवसरमा कैलाली निर्वाचन क्षेत्र नं ५ बाट नवनिर्वाचित सांसद नारदमुनि रानाले चुनावमार्फत आएको नयाँ जनादेशबमोजिम मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरे । गोदावरीधाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक छ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशि दर्शन मकर मेला गर्ने योजनाअनुसार यस वर्ष बाह्रराशि दर्शन मकर मेला गरिएको आयोजक समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार