प्रिन्सीपलले बिद्यालयमा नै कर्मचारीमाथी बलात्कारको प्रयास गरे

उर्लाबारी पुस ३० र मोरङको उर्लाबारी–८ स्थित न्यू भिजन एकाडेमीका प्रिन्सीपल अजित भट्टराईले बिद्यालयमै कार्यरत कर्मचारीलाई बिद्यालयमा काम छ भनी बोलाएर बलात्कारको प्रयास गरेपनि घटना बिद्यालयमै मिलापत्र गरिएको छ ।
प्रिन्सीपल भट्टराईले ती किशोरीको सम्बेदशिल अंगमा पटक–पटक छोएका थिए । ती किशोरीले तत्काल प्रतिपाद गरेपछि प्रिन्सीपल पछि हटेका थिए । ती किशोरीलाई घटना सार्वजनिक भए समाजमा नराम्रो हुने भन्दै केही सामाजिक अगुवा भनाउँदाहरुले दबाब दिएपछि मिलापत्र भएको जानकारी प्राप्त भएको छ ।

प्रिन्सीपल भट्टराईले ती किशोरीको खुट्टा ढोगेर माफ माग्नुका साथै उर्लाबारी क्षेत्रमा शिक्षण पेशा नगर्ने भन्दै घटना मिलाईएको स्रोतको दाबी छ । बिद्यालय परिसरमै भेला भई विभिन्न वहाना बनाउँदै ती किशोरीलाई प्रहरी कार्यालयमा उजुरी नदिन दबाब समेत दिइएको थियो । यता स्थानीयबासीले भने घटनाका आरोपितलाई कानून बमोजिन कार्वाही गर्न माग गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार