पिकअप भेन दुर्घटना हुदा ५ जनाको मृत्यु

काठमाण्डौ पुस ३० संखुवासभाको मकालु गाउपालिका ३ सामटारमा आइतबार पिकअप भेन दुर्घटना भएको छ । दुर्घटना हुदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ । बा ५ च १३०९ को बोलेरो सडकबाट ८ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मकालु गाउँपालिका प्रमुख खडग कटुवाल सहित ५ जनाको घटनास्थलमै मृत्यु भएकोे छ ।
संखुवासभाको खादवारीबाट गरूढ तर्फ जादै गरेको सो पिकअप अनियन्त्रित भइ सडकबाट ८ मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जनाको मृत्यु भएपनि दुईजनाको मात्रै सनाखत भएको जनाइएको छ । मकालु गाउँपालिकाका अध्यक्ष खडग कटुवाल र सोहि स्थान निवासी सुरेस राई बाहेक अरू कसैको सनाखत हुन नसकेको प्रहरीले जानएको छ ।उक्त जिपमा जम्मा १२ यात्रुहरू रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार