नेवि संघको अध्यक्ष र महामन्त्री बीच विवादमा


काठमाडौं, पुस ३० । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष नयनसिंह महर र महामन्त्री कुन्दनराज काफ्ले बीचको विवाद चर्किएको छ ।
एक अर्का समूहका सदस्यलाई स्पष्टिकरण सोधेपछि विवाद थप चर्किएको हो । संघको विधान विपरित काम गरेको भन्दै महर पक्षले उपाध्यक्ष रामप्रसाद अधिकारी, सिटिइभिटीका अध्यक्ष कर्ण ओली लगायतलाई स्पष्टिकरण सोधेको २४ घण्टा नबित्दै महामन्त्री काफ्ले समूहले अध्यक्ष महरलाई नै अर्को स्पष्टिकरण सोधेको छ ।
नेविसंघका सहमहामन्त्री एवं अनुशासन समितिका संयोजक राजेश रौनियारले महर र अर्का सहमहामन्त्री अम्बिका चलाउनेलाई तीन दिनभित्र स्पष्किरण दिन पत्र काटेका छ ।
आर्थिक प्रलोभनमा परेर त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस कीर्तिपुर, सिटिइभिटी समन्वय समितिलगायतका निकायमा जिम्मेवारी तोकेको, आफू निकटलाई विधानमै व्यवस्था नभएको आमन्त्रित केन्द्रिय सदस्य बनाएको आरोप पनि महरमाथि लगाइएकोछ ।

यसअघि महर समूहले उपाध्यक्ष रामप्रसाद अधिकारीले संगठनमा छलफल नै नगरी आफू खुसी रुपमा काम गरेका भन्दै स्पष्टिकरण सोधेको थियो । अधिकारीले माघ ३ गते धादिङमा नेविसंघ प्रदेश नम्बर ३ को प्रशिक्षण कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए । अध्यक्ष महरले आफूलाई पूर्वाग्रही तरिकाले स्पष्टिकरण सोधेको आरोप पनि अधिकारीले लगाए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार