प्रदेश प्रमुखको नियुक्ति र प्रदेश मुकाम नतोकिए सबै प्रक्रिया अवरुद्ध हुने-निर्वाचन आयोगका प्रवक्ता नवराज ढकाल

काठमाडौ, पुस ३० । सरकारले प्रदेशप्रमुखको नियुक्ति र प्रदेश मुकाम तोक्न नसक्दा वा नतोक्दा राष्ट्रियसभा सदस्य निर्वाचन नै प्रभावित हुने खतरा बढेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने “प्रदेशसभा सदस्य निर्वाचनको नतिजा घोषणा गरी ७ दिनभित्र प्रदेश प्रमुख समक्ष पठाउनुपर्ने कानुनी बाध्यताका कारण राष्ट्रियसभा निर्वाचनसमेत प्रभावित हुने भन्दै सरकारको ध्यानाकर्षण गराएको बताएका छन । निर्वाचन आयोगले भने माघ २४ गतेलाई तोकिएको राष्ट्रियसभा निर्वाचन नै प्रभावित हुने चेतावनी दिएको छ ।
प्रदेशप्रमुखको नियुक्ति नहुँदा निर्वाचित भएको एक महिना बितिसक्दा पनि प्रदेशसभा सांसदहरुले शपथ लिन पाएका छैनन । निर्वाचन कार्यक्रमअनुसार यही माघ ७ गते मतदाता नामावली सार्वजनिक गर्ने कार्यतालिका छ । त्यसपछि ८ र ९ गते मतदाता नामावलीउपर दाबी विरोधको कार्यक्रम छ । १० गते उम्मेदवारले मनोनयन दर्ता गर्नेछन । ११ गते उम्मेदवारीविरुद्ध दाबी विरोध र १३ र १४ गते उम्मेदवारी फिर्ताका लागि समय तोकिएको छ ।
माघ १५ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदानको कार्यक्रम तय गरिएको छ भने २४ गते मतदान हुनेछ ।अबको छ दिन भित्र प्रदेश प्रमुखको नियुक्ति र प्रदेश मुकाम नतोकिए सबै प्रक्रिया अवरुद्ध हुनेछ । प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने संवौनिक अधिकार सरकारलाई दिइएको छ । तर, राजनीतिक सहमति जुट्न नसक्दा यी दुवै निर्णय हुन सकेको छैन । प्रदेशप्रमुख नियुक्तिमा भइरहेको ढिलाइले राष्ट्रियसभा निर्वाचनका लागि जारी गरेको कार्यतालिका समेत प्रभावित हुने भएपछि आयोगले सरकारको ध्यानाकर्षण पनि गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार