धरानमा अन्तर्राष्ट्रियस्तरको गल्फ एकेडेमी बनाउने योजना

काठमाण्डौ पुस ३० – नेपाल गल्फ एसोसिएसन एनजीएले धरानस्थित गल्फ कोर्समा अन्तर्राष्ट्रियस्तरको गल्फ एकेडेमी बनाउने प्रस्ताव अघि सारको भएतापनि यो निन्तरता भएको छैन ।
धरानस्थित १८ होल गल्फ कोर्स सन १९६२ मा ब्रिटिस घोपा क्याम्प ९गोर्खा सैनिक भर्ती केन्द्र० का बेलायती अधिकारीहरूको पहलमा स्थापना भएको हो । यो कोर्स नेपालमा गोकर्ण पछिको उत्कृष्ट मानिन्छ । घोपा क्याम्प उठेपछि क्षेत्रीय अस्पतालले उपभोग गरेको क्षेत्र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिएको हो । प्रतिष्ठानले सन २००० मा सञ्चालनको जिम्मा निजी क्षेत्र निर्वाणा कन्ट्री क्लबलाई ५० वर्षका लागि लिजमा दिएको छ । सुनसरी जिल्ला गल्फ संघका सचिव तिलक राईका अनुसार खेलसँग असम्बन्धित निजी संस्थालाई जिम्मा दिँदा कोर्सको राम्रो स्याहार सम्भार हुन सकेको छैन ।
नेपालमा व्यक्तिगत प्रयास र कर्पोरेट क्षेत्रको चासोमा अघि बढ्दै आएको गल्फ धरानमा चर्चामा सीमित बनेको छ भन्दा फरक नपर्ला । ‘आर्थिक विकासको दृष्टिले यो खेल धेरैपछि परेको छ’, क्लबका अध्यक्ष पूर्ण लिम्बू भन्छन । क्लबद्वारा जारी विज्ञप्ती अनुसार गल्फकोर्षको संरक्षण र गल्फ खेल विकासको लागि धराने गल्फरहरुले समय समयमा सञ्चालन गर्दै आएका दर्जन प्रतियोगिताहरु मध्ये अहिले केही बन्द भएका छन । यसरी बन्द भएका प्रतियोगिताहरुमा क्लबले विगतमा हिमालय बैँक कप, खुकुरी कप, धरान डे कप र ग्यालेक्सी कप आदि एमेच्योर गल्फ टुर्नामेण्ट बन्द छन । क्लबका अनुसार अहिले पनि निरन्तरता पाएका गल्फ प्रतियोगीताहरुमा बराह ज्वेलरीको इन्द्र बराह मेमोरियल एमाचुयर ओपन, सुनसरी कलेज धरानले प्रायोजन गर्ने सुनसरी टेक्नीकल कलेज एमाचुयर ओपन, गल्फ टुनामेन्ट छन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार