बेतना सिमसार क्षेत्रमा जिवजन्तु र चराचुरुङगी स्थानियले समातेर बुझाउन थाले

बेलबारी पुस ३०। पछिल्लो समय मोरङको बेलबारीमा रहेको बेतना सिमसार क्षेत्र बिभिन्न जिवजन्तु र चराचुरुङगीहरुको लागी उपयुत्त बासस्थानका रुपमा परिचित हुँदै गएको छ । स्थानीयहरुले समेत गाँउमा भेटिएका जिवजन्तु र चराचुरुङगीहरु समातेर बुझाउन थालेका छन ।
आईतबार बेलबारी ४ का कृष्ण गुरुङले गाँउमा फेला पारेको बाज बेतना सिमसार सामाुदायिक बन उपभोत्ता समुहलाई बुझाएका छन । उनले संरक्षणका लागी समुहलाई सो वाज बुझाएको बताएका छन । यसरी बेलबारी मात्र नभएर अन्यत्रबाट समेत चराचुरुङगी र जिवजन्तु समितिलाई बुझाउन थालिएपछि सो क्षेत्रमा चिडियाघरको अभाव भएको छ ।

सिमसार क्षेत्रमा सबैभन्दा बढी बिभिन्न प्रजातिका कछुवाहरु छोडिएका छन । कछुवाको संरक्षण क्षेत्रकै रुपमा परिचित सो क्षेत्रमा अजिंगर र अन्य जंगली जनावरहरु समेत छोडिएका छन । सकेसम्म समुहले सबै जिवजन्तुहरुको संरक्षण गरिरहेको समुहका अध्यक्ष डम्बर बस्नेत बताउँछन । सिमसार क्षेत्रले चिडियाघर समेत सञ्चालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार