पुष्प व्यापार मेला धरानमा सुरु,मेलामा दश रुपैया देखि डेढ लाख सम्म फुलको विरुवा

काठमाण्डौ पुस २८ -फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा पाँच दिने पुष्प व्यापार मेला धरानमा सुरु भएको छ ।
मेलामा भारतको दार्जिलिङ, इलाम, झापा, मोरङ र सुनसरीका डेढ दर्जन बढी पुष्प व्यावसायीहरु सहभागि छन । पुषदेखि जेठ महिनासम्मलाई फुलको मुख्य सिजन भएको मानिन्छ। गत बर्षको भन्दा यसपाली धेरै नै फरक र भेराइटीका फुलहरु रहेको एशोसिएशनका जिल्ला समितिका अध्यक्ष पुष्प व्यावसायी खगेन्द्र पोख्रेलले जानकारी दिए । मेलामा सानो विरुवा १० रुपैयादेखि डेढ लाखसम्मको विरुवा, फुलहरु पनि राखिएको उनले बताए ।मेलामा सय भन्दा बढी प्रकारका फुलहरु छन ।
मेलामा मौसमी फुलहरु, आलंकारिक बोटविरुवा, कृर्षि औजार, उपकरण, ग्रिन टि,प्याकेजिङका सुनाखरी, कम्पोष्ट मल, फुलको गानो, विउविजन, सामग्रीहरुको प्रर्दशनी राखिएको छ । यसपाली लालुपाते, क्याकटस, एजेलिया, क्याटेलिया, फनिक्स, डेलिया, साल्बिया, क्यामेलिया गोदावरी, अर्किड, एन्थोरियमको भेराइटी, एन्टेरियम, , गुलाब तथा बोइन्साइहरु धेरै प्रकारको फुल र बोटविरुवा स्टलमा छन । नेपालमा सन १९५० देखि काठमाण्डौंबाट सामान्यस्तरको पुष्प व्यावसाय शुरु भएको मानिन्छ । विस्तारै धरान,, विराटनगर, पोखरा लगायत शहरमा पनि पुष्प व्यावसाय विस्तार हुदै गएको छ । आर्थिक बर्ष २०७३÷०७४ सम्म आइपुग्दा ३९ जिल्लामा करिब ६ सय ७८ पुष्प व्यावसायीहरु भइसकेका छन भने करिब १ सय ५३ हेक्टर क्षेत्रफलमा पुष्प व्यावसाय भइरहेको एशोसिएशनले जनाएको छ ।
पाँच दिने पुष्प व्यापार मेलामा सहभागी नर्सरी एवं स्टलहरुमा इटहरी २४, तरहराको न्यु रितु नर्सरी प्रथम भएको छ । बिहीबारदेखि शुरु भएको मेलामा सजावट, विरुवालगायतको आधारमा नितु नर्सरी पहिलो घोषित भएको हो । यस्तै, सुन्दर हरैचा १२ विराटचोकको दिपेश नर्सरी दोस्रो भएको छ ।सो नर्सरीले४ हजार २ सय, ३ हजार ४ सयनगद प्राप्त गरे । भने दमक ११ को महादेव नर्सरी तेस्रो भए नगद र २ हजार ६ सय नगद र ट्रफी पुरस्कार हात पारे ।
यस्तै, महादेव नर्सरीले अर्नामेन्टल प्लान्टमा पनि उत्कृष्ट घोषित हँुदै नगद थप १ जार ७ सय र ट्रफी थाप्यो भने पवित्रा नर्सरीले सिजनेवलमा उत्कृष्ट हँुदै नगद १ हजार ७ सय र ट्रफी हात पार्यो । न्यु गोर्खा मिलिनियम नर्सरीले अर्नामेन्टल फ्लवरमा उत्कृष्ट घोषित हुदै नगद १ हजार ७ सय हात पार्यो । मेलामा ३० वटा व्यावसायिक स्टलसहित ३२ वटा स्टल रहेको मेला संयोजक एवं एशोसिएशनका उपाध्यक्ष रामजी प्रसाद तिम्सिनाले जानकारी दिए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार