पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा जुलुस

काठमाण्डौ
पुस २७-पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा काठमाण्डौमा जुलुस निकालेको छ । २९६ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरीक मुल समारोह समितीको आयोजनामा जुलुस निकालिएको हो ।
जुलुस डिल्लीबजारको भोजनगृहबाट सिंहदबारमा सम्म निकालेका थिए । जुलुस सकिएपछि सिंहदबारमा रहेको पृथ्वीनाराण शाहको शालीकमा माल्यापर्ण गरेका थिए । जुलुसमा पुर्व आई जिपी सनतबहादुर बस्नेत ,पुर्व पञ्चहरु , आर्मीको पुर्व वरिष्ठ अधिकृतहरु लगायत अन्य व्याक्तिहरु सहभागि रहेका थिए । “पृथ्वी नारायण जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यता रुपले मनाऔं” भन्ने मुल नारा सहित जुलुस निकालिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार