डा. गोविन्द केसीलाई हिरासतमा लिने प्रधानन्यायधीशको पद धरापमा, राजीनामा दिन पाटन अदालतको आदेश

काठमाडौं २६, पुस । प्रधानन्यायाधीश गोपाल पराजुली नैतिक संकटमा परेका छन् । उनीमाथि पदबाट राजीनामा दिनुपर्ने दबाव सुरु भएको छ ।

अदालती छानविनको प्रक्रियामा तानिएपछि प्रधानन्यायाधीश पराजुलीका सामु दुई विकल्प छन्ः एक( आफूमाथिको छानविन पूरा नहुँदासम्म नैतिकरुपले अदालती प्रशासनको काम नगरिकन हाजिर मात्रै गर्ने वा विदामा बस्ने । दुई( कार्यकाल सकिन दुई ४ महिनाअगावै नैतिकताका आधारमा राजीनामा दिने ।

परिमार्जित उमेर अनुसार प्रधानन्यायाधीश पराजुलीको कार्यकाल आगामी बैखाख १५ गतेसम्म छ । पुरानो मिति अनुसार हो भने उनले गत साउनमै अवकाश पाइसक्ने थिए ।

सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारी र बमकुृमार श्रेष्ठको संयुक्त इजलासले बुधबार प्रधानन्यायाधीश पराजुलीका दुबै नागरिकताका प्रतिलिपि र शैक्षिक प्रमाणपत्र, उमेरका सम्बन्धमा न्ययापरिषदबाट भएको निर्णय र शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिसमेत झिकाउनू भन्ने आदेश गरेको छ ।

अदालतको यही आदेशसँगै पराजुली छानविनको दायरामा परेका हुन् । सर्वोच्च अदालतको आदेशले अझै थप बोलेको छ । आदेशको दोस्रो बुँदाले डा. शशि श्रेष्ठका सम्बन्धमा यसअघि भएको निर्णयको समेत फाइल तानेको छ ।

जबकि चिकित्साशास्त्रको डीन नियुक्ति सम्बन्धी सो निर्णय गोपाल पराजुलीसमेतको बेञ्चले गरेको थियो । यसबाट प्रधानन्यायाधीश पराजुली थप नैतिक दबावमा परेका छन् ।

प्रधानन्यायाधीशजस्तो सम्मानित व्यक्तिमाथि नै यसरी छानविन हुने भएपछि अब उनी आफैंले पेशीका लागि बेञ्च तोक्न र इजलास सञ्चालन गर्न नमिल्ने तर्क न्याय क्षेत्रमा बुधबारदेखि सुरु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार