काठमाडौं २६, पुस । सर्वोच्च अदालतको आदेशले आज हिरासत मुक्त भएका डा. गोविन्द केसीले भोलि बोल्ड निर्णय गर्ने बताएका छन् । आफ्नो अनसन र सर्वोच्चको भूमिका हेरेर के कसरी अघि बढ्ने हो त्यस बारे आफूले ठोस निर्णय सार्वजनकि गर्ने डा. केसीले बताएका हुन् ।
यद्दपि, त्रिवि शिक्षण अस्पतालका प्रा डा. गोविन्द केसीले सर्वोच्चको आदेशलाई सकारात्मक भनेका छन् ।

अदालतको अवहेलना मुद्दामा डा. केसी सोमबार अनस्थलबाटै पक्राउ परेका थिए । तर, न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले आदेश अनुसार बुधबार साँझ साधारण तारेखमा रिहा भएका छन् ।
साथै प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपि, उमेर विवादमा न्याय परिषद् गरेको निर्णय र शैक्षिक प्रमाणपत्रको प्रतिलिपी झिकाउन आदेश दिएको छ ।
प्रहरी हिरासतबाट रिहा भएपछि डा. केसीले सर्वोच्चको आदेश सकारात्मक भएको बताएका छन् । अदालतबाट निस्केन क्रममा उनले भने, ‘जे आदेश भयो, त्यसलाई मैले सकारात्मक रुपमा लिएको छु ।’
तर, धेरै मागहरु रहेको भन्दै उनले अघि भने, सत्याग्रह स्थगित हुन्छ कि निरन्तरता दिने भनेर भोलि निर्णय लिन्छु ।’