खोटाङमा जनप्रतिनिधिलाई पोशाकमा एकरुपता

खोटाङ पुस २६ स्थानीय तहका सबै जनप्रतिनिधिले पोशाकमा एकरुपता ल्याउने भएका छन । पुरुष जनप्रतिनिधिले दौरा सुरुवाल, ढाकाटोपी र कोट तथा महिला जनप्रतिनिधिले चौबन्दी चोली, सारी र कोट लगाउने भएका हुन । सर्वसाधारण तथा सरकारी कर्मचारीलाई जनप्रतिनिधि भनेर चिनारी दिनकै लागि भएपनि पोशाकमा एकरुपता कायम गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति, खोटाङका प्रमुख बबि चाम्लिङले बताए ।

“पोशाकसँगै सबै जनप्रतिनिधिले लोगो ९चिह्न०समेत अनिवार्य लगाउनुपर्ने निर्णय गरिएको प्रमुख चाम्लिङले जानकारी दिए । नेपालको राष्ट्रिय झण्डासहितको खोटाङको नक्सा बनाएर उक्त नक्सालाई दुई हातले माथि उचालेको लोगो ९चिह्न० बनाउने तयारी गरिएको पनि जनाइएको छ । समन्वय समितिले तोकेको पोशाक र लोगो अनिवार्य गर्न नगरपालिका तथा गाउँपालिकाका वडासम्म परिपत्र गरिएको जनाइएको छ । यस्तै, तत्कालीन जिल्ला विकास समितिका सभापतिको तस्वीर संकलन गरेर समन्वय समितिको कार्यालयमा राख्नेसमेत निर्णय गरिएको प्रमुख चाम्लिङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार