आयोगको अन्तरक्रिया कार्यक्रम सम्पन्न


काठमाण्डौ
पुस २६ भोजपुर जिल्लास्थित सरोकारवाला निकायसँग भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आयोगले सो कार्यक्रमको आयोजना गरेको हो । आयोगका अनुसार भोजपुर जिल्लाबाट अघिल्लो आव २०७३÷७४ मा २७ वटा मुद्दा दर्ता भएकोमा २० वटा फछ्र्योट भइसकेकोे र यस आवको मंसिर मसान्तसम्ममा १५ वटा नयाँ मुद्दा दर्ता भएकोमा छ वटा फछ्र्योट भइसकेका छन ।
भोजपुरका सरकारी कार्यालय तथा संघ संस्थालाई पारदर्शी र सेवाग्राहीप्रति उत्तरदायी हुन अनुरोध गरिएको छ । अन्तरक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री थापा गुरुङले जिल्लास्थित कार्यालयको वातावरण सेवाग्राही उन्मुख बनाउनुपर्ने बताए । अख्तियार दुरुपयोग आयोग क्षेत्रीय कार्यालय धनकुटाका प्रमुख पुरुषोत्तम दाहाल र कर्मचारी प्रदीप कोइरालाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार