इटहरीमा भुसको धुवाले निस्सासिएर दुई छोरीको मृत्यु , आमाबाबुको अवस्था गम्भिर


काठमाण्डौ
पुस २६-पर्वमा अत्याधिक चिसो बढेको कारणले आगो ताप्ने क्रममा इटहरी उपमहानगरपालिका ६ मा डेरा गरी बस्ने आलम मियाँका छोरीहरु निस्सासिएर मृत्यु भएको छ । त्यस्तै श्रीमानश्रीमतीकोे अवस्था भने गम्भीर छ ।
मृत्यु हुनेमा आलमकी ७ वर्षीया छोरी आलीया मियाँ र २ वर्षीया आयात मियाँ रहेका छन । उनीहरुको उपचारका क्रममा मृत्यु भएको थिए । अत्याधिक चिसो बढेपछि कोठा भित्र भुसे चुलो बालेर बालिकासहित आलम दम्पती आगो ताप्नेक्रममा धुँवाले निस्सासिएका हुन ।
भुसको चुलोमा आगो बालेको र बन्द कोठामा अक्सिजन अभाव भएकोले स्वासप्रस्वासमा समस्या भइ निस्ससिएर मृत्यु भएको इलाका प्रहरी कार्यलय इटहरीले जानकारी दिएको छ । उनीहरुलाई उपचारका लागि विराटनगर लगिएको थियो। घाइते आलम मियाँ र उनकी पत्नी पत्नी २८ वर्षीया फोसीला खातुनको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ । दुवैजनाको अवस्था गम्भीर रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार