विराटनगर जुट मिल्समा अनियमितता

विराटनगर पुस २६-विराटनगर जुट मिल्स बचाउ अभियान समिति विराटनगर–१६ले पत्रकार सम्मेलनको आयोजना गरी विराटनगर जुट मिल्स रानीको स्वामित्वमा रहेको पुराना मेशिनलगायतका सामग्री बिक्री वितरणमा रोक्नुपर्ने माग गरेका छन ।
जुट मिल सञ्चालक समितिका अध्यक्षले अनियमित रुपले मिल्सको मेशिन र पार्टपुर्जा बेचबिखन गरेको, जग्गा प्लटिङ गरी बिक्री गर्न खोजेकाले अविलम्ब रोक्नुपर्ने भन्दै मिलका पूर्व कर्मचारी र स्थानीय नागरिकले माग गरेका हुन । अभियानका अध्यक्ष धर्मानन्द सञ्जेलले कानुनीरुपमा बेचिएको विराटनगर जुट मिल्सको शेयर अविलम्ब खारेज गरी नेपाल सरकारको साबिक ६८ प्रतिशत शेयर कायम गर्नुपर्ने, विराटनगर जुट मिल्सको चलअचल सम्पत्तिको संरक्षण र दीर्घकालीन रुपमा उद्योग सञ्चालन गर्नुपर्ने, हाल कार्यरत कामदार कर्मचारीको बाँकी रहेको रकम भुक्तानी हुनुपर्ने र विराटनगर जुट मिल्समा हाल भइरहेको अनियमिमताका छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने चारबुँदे माग गरेको बताएका छन । उनले राखेको माग पूरा हुनु नभए शान्तिपूर्ण आन्दोलनका अन्य कार्यक्रमको घोषणा गर्ने पत्रकारलाई जानकारी दिए ।

पत्रकारसम्मेलनमा अभियानका उपाध्यक्ष प्रकाश साहले मिल्स नेपाल सरकारले सञ्चालन गर्नुपर्ने अन्यथा उक्त क्षेत्रमा जुट सङ्ग्रहालय र औद्योगिक क्षेत्र कायम गरी निर्यातमुखी उद्योग स्थापना गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार