काठमाडौं २५, पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रवक्तामा विश्वप्रकाश शर्मालाई मनोनयन गरेका छन् । कांग्रेसको विधान अनुसार शर्मालाई पार्टीको प्रवक्तामा मनोनयन गरिएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।

यसअघि गगन थापालाई प्रवक्ता बनाउने आश्वासन दिएको भए पनि थापालाई नबनाई शर्मालाई प्रवक्तामा मनोनयन गरिएको छ ।