इटहरीबाट तिन जना ठगी गर्नेलाई प्रहरीद्धारा पक्राउ

काठमाण्डौ
पुस २५ गृहमन्त्रालयसंग नजिक रहि ठुलाब्याक्तिहरूसंग नजिकको सम्बन्ध छ प्रहरी सेना लगायत सरकारी निकायमा काम लगाइदिने बहानामा रकम असुल्ने तिनजना गिरोह इटहरीबाट पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय इटहरीले गस्तिको क्रममा वार्ड नं ७ गैसारबाट उनिहरूलाई पक्राउ गरेको हो।
भारतिय नागरिक कैलाश भारद्वज सहित अन्य दुई जनालाृइ प्रहरीले पक्राउ गरि थप अनुशन्धान सुरू गरेको छ । पक्राउ तिनै जनाको साथबाट प्रहरीले केही रकम तथा कागजात फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । अरूलाई नेपाल प्रहरीको डिएसपी इन्सपेक्टर सहि सम्मको जागिर लगाइदिने र भनेजति रकम दिए लाइसेन्स पनि घरसम्मै ल्याइदिने भन्दै इटहरी उपमहानगरवासीहरूसंग रकम अशुल्ने गरेको प्रहरीले जनाएको छ ।आइतबार इटहरीको गैसारबाट पक्राउ परेका तिनै जनालाई प्रहरीले सार्वजनिक गरेको छैन । उनिहरूलाई हिरासतमा राखेर अनुशन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार