सर्वोच्चको आदेशले डा. गोविन्द केशी पक्राउ, भोलि अदालतमा पेश गरिने

काठमाडौं । डा गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ। अदालतको अवहेलना गरेको भन्दै सर्वाेच्च अदालतले डा केसीलाई पक्राउ गरी मंगलबार विहान ९ बजे अदालतमा बुझाउन आदेश दिएपछि प्रहरीले त्रिभुवन शिक्षण अस्पतालस्थित अनसन बसेकै ठाउँबाट उनलाई पक्राउ गरेको हो।

अदालतको आदेश आएको तीन घन्टापछि प्रहरीले केसीलाई अनसन स्थलबाटै उठाएको हो । केसीलाई प्रहरीले पक्राउ गरेको डा. जीवन क्षत्रीले अनलाइनखबरलाई जानकारी दिए ।उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरवारमा राख्ने तयारी गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार