प्रकोप प्रभावित क्षेत्रमा तत्काल राहत पुरयाउन सरकारसँग प्रचण्डको आग्रह

 

काठमाडौँ पुस २४। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकोप प्रभावित क्षेत्रमा तत्काल राहत पु¥याउन सरकारसँग आग्रह गरेका छन ।
एक विज्ञप्ति जारी गरी खासगरी तराई–मधेशका जिल्लामा शीतलहर र झाडापखालाका कारण नागरिकले ज्यान गुमाउनुपरेकोप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि आवश्यक व्यवस्था गर्न आग्रह गरेका हुन । तराई –मधेशका जिल्लामा शीतलहर र जाजरकोटमा झाडापखालाका कारण दर्जनौँ नेपाली नागरिकको ज्यान गएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष दाहालले जारी गरेका विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार