उदयपुरका मुसहर समुदायका बालबालिका पत्कर संकलनमा व्यस्त


काठमाण्डौ पुस २४ त्रियुगा नगरपालिका–९ गैहरुनका मुसहर समुदायका बालबालिका विद्यालय जानको साटो अहिले पात्कर संकलनमा व्यस्त देखिन्छ । अत्याधिक चिसो र शीतलहर बढेसँगै त्यहाँ रहेका पाँच घर परिवारका मुसहर समुदायका बालबालबालिका दिउँसो पत्कर संकलनमा व्यस्त देखिएन्छ ।
त्रियुगा नगरपालिका–९ गैहरुनका सुखिचन सदाले चिसोको कारण मजदुर काम गर्न जान र न्यायो कपडा किन्दीन नसकेपछि बालबच्चारुलाई पत्कर बटुल्न पठाएको बताए । उनले भने– ‘अत्याधिक चिसोले गर्दा केही काम गर्न पनि सकिँदैन काम गर्न जाउ आफूसँग बाक्लो र न्यानो कपडा छैन, दिन भरी आगो तापेरै बित्छ ।’ यस्तै चिसो बढेपछि बालबच्चालाई पत्कर टिप्न पठाएको स्थानीय मैनी सदाले बताईन । उनका अनुसार अत्याधिक चिसोले गर्दा बच्चाहरुलाई बिद्यालय पठाउनुको सट्टा पतिङ्गर टिप्न पठाएको बताए ।
मैनी सदाले भने– ‘अहिलेसम्म कुनै पनि सघ संस्थाले न्यानो कपडा तथा दाउरा समेत उपलब्ध गराएको छैन उदयपुरमा करिव १५ सय मुसहर घरपरिवारको बसोबास रहेको छ । त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका र बेलका नगरपालिका क्षेत्रका मुसहर बस्तीमा जाडोबाट बच्नको लागि कम्बलसमेत नहुँदा जनजीवन निकै कष्टकर बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार