माओवादी र एमालेले आज पार्टी एकता बारे छलफल गर्ने


काठमाडौं, पुस २४ । पार्टी एकता प्रक्रियालाई छिट्टै टुंगो लगाउनेको लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र आज आन्तरिक गृहकार्यमा जुटेका छन ।
अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो २ बजे बस्ने बैठकमा पार्टी एकता, सरकार गठन र राष्ट्रिय सभाको निर्वाचनलगायतका विषयमा छलफल हुने बताइएको छ । दुई दलका अध्यक्षबीच आजरु आन्तरिक छलफलमा जुटेका छन । पार्टी एकता र सरकार गठनको विषयमा छलफल गर्न एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । यस्तै नेकपा माओवादी केन्द्र पनि पार्टी एकताको विषयमा आन्तरिक छलफलमा जुटेको छ ।
बैठकको समय तय नभइसकेको भए पनि पार्टी एकताबारे आज नेताहरुबीच छलफल हुने प्रवक्ता पम्फा भुसालले जानकारी दिए ।एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच हिजो भएको छलफलमा कार्यदल बनाएर एकीकृत पार्टीको वैचारिक र संगठनात्मक संरचना टुंग्याउने सहमति भएको थियो ।दुई शीर्ष नेताबीच आन्तरिक छलफलका लागि सोमबार पार्टी बैठक डाक्ने र मंगलबार पार्टी एकता संयोजन समितिको बैठक राख्ने सहमति पनि भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार