जनादेशलाई दराजमा थन्काएमा जनताको अधिकार हनन हुने- पुर्व सभामुख सुवास नेम्वाङ

काठमाडौँ पुस २३ नेकपा (एमाले)का नेता सुवास नेम्वाङले निर्वाचनमा दिइएको जनादेशलाई दराजमा थन्काएर राख्दा जनताको अधिकार हनन हुने बताएका छन ।

सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘वाम गठबन्धनका चुनौती र अब बन्ने स्थायी सरकार’ विषयको अन्तक्र्रियामा उनले जनादेशलाई चाँडोभन्दा चाँडो निष्कर्षमा पु¥याउनुमा जोड दिँदै निर्वाचन आयोगलाई जनादेशलाई व्यवहारमा उतार्न आग्रह गरे । पूर्वसभामुख नेम्वाङले प्रतिनिधिसभाको मत परिमाण सार्वजनिक नगरेर सरकार गठनको समयलाई लम्ब्याउन खोजिएको आरोप पनि लगाए ।सरकारले प्रदेश प्रमुख मात्र नभई प्रदेश मुकाम पनि तोक्नुपर्ने बताए । “
प्रदेश सांसदलाई प्रदेश मुकाममा नभएर काठमाडौँमा नै शपथ खुवाउने काम सरकारले गरिरहेको भन्दै त्यसले सम्बन्धित प्रदेशका सांसद र जनताको भावनाविपरीत हुने तर्क गरे । नेता नेम्वाङले प्रतिनिधिसभा अगाडि राष्ट्रियसभा गठन भए संघीय संसद्मा महिलाको ३३ प्रतिशत नपुग्ने जिकिर गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार