गौरीगञ्जको हिरासतमै हरिनारायण यादवले झुण्डिएर आत्महत्या गरे

झापा पुस २३ दुई साता देखि इलाका प्रहरी कार्यालय गौरीगञ्जको हिरासतमा रहेका हरिनारायण यादवले आईतबार झुण्डिएर आत्महत्या गरेका छन ।

गौरीगञ्ज गाउँपालिका – ३ निवासी ५१ वर्षीय यादवले थुनुवा कक्ष भित्र रहेको गाम्छाको पासो लगाएर शौचालयमा बिहान आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनी गत पुस ५ गतेदेखि इलाका प्रहरी कार्यालय गौरीगञ्जको हिरासतमा रहेका थिए । श्रीमती फुलोदेवी यादवको हत्या आरोपमा उनी पक्राउ परेका थिए । मृतक यादवका २ छोरा र १ छोरी रहेका छन ।

एक वर्ष अघि श्रीमती फुलोदेवी झुण्डिएको अवस्थामा फेलापरेपछि उनी फरार थिए । एक वर्षपछि यादव घर आए लगत्तै स्थानीय यादव रिजालको जाहेरीको आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक मुद्धामा म्याद थप गर्दै आनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जीतेन्द्र वस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार