पूर्वमा बाक्लो हुस्सु र अत्याधिक चिसो बढेको कारण ८ जनाको मृत्यु

काठमाण्डौ पुस २३। पूर्वमा केहीदिन देखि बाक्लो हुस्सु र अत्याधिक चिसो बढेकोले जनजिवन प्रभावित बनेको छ । पूर्वी तराइका जिल्लामा परेको बाक्लो हुस्सु र चिसोको कारण जनजिवन प्रभावित बनेको हो । पुस महिना सुरू भएलगत्तै बढेको चिसोका कारण पूर्वि तराइका सुनसरी , मोरङ , झापा , इलाम पाँचथर , ताप्लेजुङ , भोजपुर , धनकुटा संखुवासभा लगायतका जिल्लाहरूमा जनजिवन प्रभावित बनेका हुन । पूर्वी तराईमा शीतलहरुसँगै बढेको चिसोले कठ्यांग्रिएर एक सातामा ८ जनाले ज्यान गुमाएका छन । अत्याधिक बढेको जाडोले सप्तरीमा ६ जनाको मृत्यु भएको छ भने सुनसरीमा एक र झापामा एक गरी ८ जनाको मृत्यु भएको हो ।सरकारी कार्यालयहरूमा पनि चिसोको प्रभाव परेको देखिएका छन । सुनसरी लगायत तराइका जिललाहरूमा रहेका सरकारी कार्यालयहरूमा सेवा लिन आउने सेवाग्राहीहरूको संख्या घटेको छ । सडकमा यातायातका साधनहरूपनि घटेको देख्न सकिन्छ ।

यता चिसोकै कारण अस्पतालहरूमा बिरामीको संख्या ह्वात्तै बढेको पाइएको छ । बिशेषगरी ज्वरो , रूघाखोकी , निमोनीया जस्ता रोगका बिरामीहरूले सामुदायिक अस्पतालहरू भरीभराउ देखिएका छन । चिसोका कारण अस्पतालमा बिरामी नवजात शिशुहरूको संख्या पनि बढदै गएको छ । चिसोका कारण नवजात शिशुहरूमा चाडै निमोनीयाको प्रकोप देखिने गरेकोले अस्पतालमा बिरामी शिशुहरूको संख्या बढेको धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानका बाल बिशेषज्ञहरूले जनाएका छन । चिसोका कारण अस्पतालमा बिरामीको संख्या बढ्नुका साथै दैनिक ज्याला मजदुरी गरी परिवारको गुजारा गर्नेहरू पनि प्रत्यक्ष मार्कामा परेका छन ।

यता अत्याधिक चिसोका कारण सुनसरी लगायत तराइका जिल्लाहरूमा रहेका सामुदायिक एवम निजि बिद्यालयहरू पनि बन्द गरीएको छ । अत्याधिक चिसो बढेसंगै सुनसरीमा एक साता सम्मलाृइ सामुदायिक बिद्यालयहरूको पठन पाठन बन्द गराइएको छ । हुस्सुका कारण कृषकहरूपनि माृकामा परेका छन । तराइका जिल्लाहरूमा बढेको हुस्सु र चिसोले कृषकहरूको बालीमा नराम्रोसंग असर पारेको देखिन्छ । चिसोले आलुका खेती गर्दै आएका कृषकहरू पनि बढी समस्यामा रहेको देखिएका छन ।

चिसोका कारण बिशेष गरी गत साउनमा आएको बाढीबाट घरबार बिहीन बनेका बाढीपिडित , कोशीपिडित लगायत चौपायाहरू समेत प्रभावित बनेका छन । बाक्लो हुस्सुका कारण जाडोमा सुत्केरी महिलाहरू पनि बढी नै प्रभावित देखिएका छन। एक साताको अवधीमा सुनसरिमा मात्रै सात दुर्घटना भइसकेका छन । सुनसरीको तरहरास्थित चारकोशे झाडीमा मात्रै तिन दुर्घटना भएका छन भने झापामा २ , मोरङ र सप्तरमा एक एक गरी सात दुर्घटना भएको पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । चिसोका कारण बिशेष गरी गत साउनमा आएको बाढीबाट घरबार बिहीन बनेका बाढीपिडित , कोशीपिडित लगायत चौपायाहरू समेत प्रभावित बनेका छन । बाक्लो हुस्सुका कारण जाडोमा सुत्केरी महिलाहरू पनि बढी नै प्रभावित देखिएका छन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार