कमल थापालाई ‘दक्षिणपन्थी एजेन्ट’ भन्दै राप्रपाका विद्यार्थी नेता फोरममा प्रवेश

 1701 पटक हेरिएको

काठमाडौं । संघीय समाजवादी फोरम नेपालको भातृ संगठन समाजवादी विद्यार्थी फोरम नेपालमा राप्रपा निकट राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठनबाट वरिष्ठ उपाध्यक्षको नेतृत्वमा २ सय जना बढी प्रवेश गरेका छन्।

नव प्रवेशी विद्यार्थी नेतालाई समाजवादी विद्यार्थी फोरमका केन्द्रीय अध्यक्ष विवेक राई र कार्यक्रमका प्रमुख अतिथि पार्टीका सह अध्यक्ष राजेन्द्र श्रेष्ठले फुल माला र अविर लगाई स्वागत गरेका छन्।

राप्रवी संघका वरिष्ठ उपाध्यक्षसहित केन्द्रीय नेताहरुले राप्रपा पार्टीले मुलुकको नेतृत्व गर्न नसक्ने र दक्षिण पन्थीहरुको एजेन्ट भएको हुँदा आफुहरुले पार्टी परित्याग गरि समाजवादी विद्यार्थी फोरम नै अबको एक मात्र विद्यार्थीबीचको आस्थाको ढुकढुकी भएको महसुस गरि संगठन प्रवेश गरेको वताएका छन् ।

कार्यक्रमलाई पार्टीका सह अध्यक्ष राजेन्द्र श्रेष्ठ र नवनिर्वाचित युवा सांसद जयराम यादवसहित अन्य अतिथि ज्युहरुले समसामयिक राजनीतिक विषय र प्रशिक्षणत्मक भनाई राखेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार