वामदेव गौतम जिताउन यस्तो छ एमालेको तयारी

 1386 पटक हेरिएको

काठमाडौं । नेकपा एमालेले ललितपुर १ बाट निर्वाचित सांसद एवं पूर्व डीआईजी नवराज सिलवाललाई जेल पठाउने तयारी गरेको छ। कम्युनिष्ट विश्लेषक एवं प्रगतिशील लेखक खगेन्द्र संग्रौलाले यस्तो खुलासा गरेका हुन्।

सांसद सिलवाललाई जेल पाठाएर सो क्षेत्रबाट वामदेव गौतमलाई जिताउने डिजाइन एमालेले बनाएको संग्रौलाको दाबी छ।

नेकपा एमालेप्रति कडा टिप्पणी गर्दै आएका संग्रौलाले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘गुण्डा नाइके मनाङ्गेलाई माननीय भन्नुपर्ने, उता कमरेड किर्तेबहादुर राजधानीबाट बाहिरिए भन्ने सुनियो । हिजो ओलीले काँधमा बोक्या प्युसो आज किन फरार हुनुपर्ने अवस्था आयो ? कतै सिलवाललाई जेल पठाएर वामदेवलाई ललितपुरबाट जिताउने डिजाइन त होइन ? एमालेको राजनीति दैवले जानुन् ।’

प्रहरीले पक्राउ पुर्जी काटेपछि सिलवाल यतिबेला मलेसियामा छन् । सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरी उनको घर पुगेको थियो।

प्रहरी प्रमुख आफूलाई बनाउन भन्दै अदालतमा किर्ते कागज तयार गरेर अदालतमा पेश गरेको खुलासा भएसँगै प्रहरीले सिलवाललाई सरकारी कागज किर्ते गरेको मुद्दामा अनुसन्धान गर्न पक्राउ पुर्जी काटेको छ ।

किर्ते कागज गरेको पुष्टी भएपछि सिलवालको सांसद पद खारेज हुनेछ त्यो अवस्थामा उनेले जितेको क्षेत्रमा पुनः निर्वाचन गर्नुपर्ने हुन्छ । त्यसको लागि एमाले वरिष्ठ उपाध्यक्ष वामदेव गौतमलाई उम्मेदवार बनाउने एमालेभित्र चर्चा चलेको छ । गौतम बर्दियाबाट नेपाली काँग्रेस सञ्‍जय गौतमसँग पराजित भएका थिए ।

एमालेभित्र गौतमलाई उपनिर्वाचन गरी जिताएर ल्याउनुपर्ने आवाज अहिले चर्किएको छ। यसमा अध्यक्ष ओलीले विचार गरिरहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार