स्थानीयद्धारा मिदिमखोला जलविद्युत आयोजनाको कार्यालयमा तोडफोड

लमजुङ, पुस २१ । पश्चिम लमजुङको मध्य नेपालमा रहेको तीन मेगावाट मिदिमखोला जलविद्युत आयोजनाको कार्यालयमा स्थानीयवासीले तोडफोड भएको छ ।
सोही नगरपालिकाअन्तर्गत डढुवाका स्थानीयवासीले ढुंगामुढा प्रहार गरेर कार्यालय तथा कर्मचारी आवासगृहमा तोडफोड गरेको आयोजनाले जनाएको छ । आयोजनासँग विभिन्न माग राख्दै आएका स्थानीयवासीले सुनुवाइ नभएको भन्दै तोडफोड गरेको बुझिएको छ । तोडफोडबाट जलविद्युत्को आवासगृह र कार्यालयका गरी छवटा कोठामा क्षति भएको छ ।
केही दिनअघि उनीहरुले बा“ध क्षेत्रमा रहेको हेडवक्र्सको प्यानलबोर्ड पनि तोडफोड गरेका थिए ।त्यस्तै ग्यारेजमा राखिएको बा१३ज २४६३ नं को पिकअप जिपमा पनि क्षति पुगेको आयोजनाले जनाएको छ ।घटनामा संलग्नहरु फरार भएको र उनीहरुलाई खोजीकार्य तीव्र बनाइएको इलाका प्रहरी कार्यालय भोर्लेटारका इन्स्पेक्टर जयराम वन्तले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार