ओलम्पिकबारे उत्तर कोरिया र दक्षिण कोरियाबीच वार्ता हुने

काठमाण्डौ पुस २१ – उत्तर कोरियाले शीतकालीन ओलम्पिकबारे वार्ता गर्न दक्षिण कोरियाले गरेको आउँदो हप्ता उच्चस्तरीय वार्ता हुने भएको छ । वार्ता हुने कुरामा दक्षिण कोरियाली अधिकारीहरुले जानकारी दिएको छ । वार्ता कुरामा दुई देश बिच प्रस्ताव स्वीकारेका छन ।
फेब्रुअरीमा हुने ओलम्पिकमा सहभागिताबारे छलफल गर्न दक्षिण कोरियाले उत्तर कोरियासँग प्रस्ताव गरेको थियो । वार्ता यही जनवरी ९ मा हुने जनाइएको छ ।नयाँ वर्षको शुभकामना दिने क्रममा उत्तर कोरियाली नेता किम जोङ–उनले आउँदो महिना सिओलमा हुने शीतकालीन ओलम्पिकमा आफ्नो देशको सहभागिता रहन सक्ने संकेत गरेपछि वार्ताको प्रक्रिया शुरु भएको थियो ।
वार्ता दुई कोरियाको सीमा क्षेत्र पानामुन्जोममा गर्ने तयारी गरिएको छ । कोरियाली प्रायद्वीपमा तनाव बढ्दै जाँदा उत्तर र दक्षिण कोरियाबीच हुने उच्चस्तरीय वार्तालाई सबैले निकै चासोपूर्वक हेरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार