कञ्चनपुरमा एक दलित दाम्पत्तीको घाँटीमा छुरा प्रहार


कञ्चनपुर, पुस २१ । कञ्चनपुरको बेदकोट नगरपालिका–४ बैतडा सार्कीपार्की टोलका एक दलित दाम्पत्तीको घाँटीमा छुरा प्रहार गरेर हत्या प्रयास भएको छ ।
गए राती ३७ बर्षीय गोविन्द लुहार र ३५ बर्षीय सरस्वती लुहारको घाँटीमा छुरा प्रहार गरी हत्याको प्रयास भएको हो ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले छुरा प्रहारबाट दलित दम्पत्ती गम्भीर घाईते भएको जनाएको छ ।
यस बिषयमा अनुसन्धान भईरहेको उनले जानकारी दिए। प्रहरी निरीक्षक उमाकान्त जोशीले घाईते दुवैको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि अन्यन्त्र रेफर गरिएको बताए ।उपचारका लागि सेती अञ्चल अस्पताल पुगेका दुवै जनालाई सेती अस्पताललेसमेत रेफर गरेको आफन्तले जनाएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार