प्रदेश नम्वर १ को राजधानी धनकुटा हुनु पर्ने भन्दै स्थानियहरुले सडक बन्द गरेपछि चार जिल्लाको जनजीबन कस्टकर

काठमाडौं, पुस २१-केहि दिन यता देखि निन्तर प्रदेश नम्वर एकको राजधानी धनकुटालाई बनाउनु पर्ने माग गर्दै धनकुटावासीले सडक बन्द गरेको कारण यातयात सञ्चालन हुन नसक्दा पुर्वको ४ जिल्लाको जनजीबन कस्टकर बनेकोे छ ।
तिन दिन देखि वन्दको कारण भोजपुर संखुवासभा, तेह्रथुम, धनकुटाको जनजिवन प्रभावित बनेको छ । यी चारओटै जिल्लाका सवारी तथा धुवानीका साधन धनकुटा भएर नै जानु पर्ने भएकोले वन्दको प्रभाव प्रत्यक्ष रुपमा परेको हो । धनकुटावासीले विरोधका अन्य गतिवधि गर्दै आएको भए पनि १९ गतेबाट भने आमह्ताल गरेका छन ।
सवारीलाई वेलुका ५ वजेबाट विहान ५ वजे सम्म सञ्चालनमा रोक नलाउने जनाइएको भए पनि १९ गतेबाट रातको समयमा समेत आन्दोलनकारीले सवारी सञ्चालनमा रोक लगाएको धनकुटाका पत्रकार रविन कटेलले जानकारी दिए । कटेलका अनुसार आन्दोलनकारीले रातको समयमा पनि सडकमा वसेर यातयात सञ्चालनमा ल्याउन दिएका छैनन् । हाल सम्म आन्दोलनकारीले ४ वटा वस र एकमोटरसाइकलमा तोडफोड गरि सकेका छन ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख ९एसपी० सुदिपराज भण्डारीले रातको समयमा केहि वसलाई स्कटिङ्ग गरेर पठाउने गरेको भए पनि पछिल्लो चरणमा भने समस्या भईरहेको वताएका छन ।धनकुटाबाट कुनै किसिमका सवारीका साधान चल्न नदिने भए पछि भोजपुरबाट आवत जावत गर्ने यात्रुहरु झनै समस्या परेको यातायात मज्दुर संघ भोजपुरका अध्यक्ष महेश राईले वताए ।यातयात सञ्चालनमा समस्या हुँदा व्यावसायीलाई दैनिक करिव २ लाख घाटा भईरहेको राईको भनाई छ । भोजपुरबाट धरानको लागि दैनिक आठ वस, २ ओटा ट्याक्सी सञ्चालनमा आउने गरेका छन । भोजपुर जिल्ला भित्र सञ्चालन हुने सवारी साधनहरु भने चलिरहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार