व्यापारीलाई दुःख दिने राजस्व विभागका कर्मचारीलार्इ शौचालयमा थुन्छुः सांसद यादव

वीरगञ्ज। पर्साबाट निर्वाचित संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले राजस्व अनुसन्धान विभागका कर्मचारीलार्इ शौचालयमा थुन्ने चेतावनी दिएका छन् ।

रुगटा वेलफेयर सोसाइटी वीरगंजले आयोजना गरेको कार्यक्रममा उनले विभागका कर्मचारीले छापामार शैली अपनाएर उद्योगी, व्यवसायीलार्इ त्रसित बनाएको भन्दै व्यापारीलाई दुःख दिने काम नरोकिए शौचालयमा थुन्ने बताएका हुन्। ‘विभागको टोली छापामार शैलीमा आउने गरेका छन्।स्थानीय प्रशासनलार्इ खबर गरेर नियमसंगत हिसाबले नआए शौचालयमा थुनेर सवक सिकाउनेछु’ उनले भने।

संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष समेत रहेका यादवले वीरगंजका सबै व्यापारी तस्कर नभएको बताउँदै राजस्वको नाममा स्टिङ अपरेशन नगर्न चेतावनी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार