संघीय समाजवादी फोरमको समानुपातिकतर्फको सूची फेरबदल, क-कसको नाम हट्यो ?

काठमाडौं । संघीय समाजवादी फोरम नेपालले प्रदेशसभाको समानुपातिक नामावलीको संशोधन गरेर निर्वाचन आयोगमा बुझाएको छ ।

यसअघि बुझाएको नामावलीमा क्रमसँख्या र समावेशी समूह अनुसार नमिलेको भन्दै सच्याउन भनि आयोगले पठाएको पत्र अनुसार फोरम नेपालले विहीबार सच्याएर नाम बुझाएको हो ।

स्रोतका अनुसार आयोगलाई बुझाएको नामावलीमा रामकुमारी यादवको ठाउँमा राधा थापाको नाम राखिएको छ भने सीमा सिंहको ठाउँमा सुनिता देवी मोचीको नामा राखिएको छ ।

त्यस्तै, विन्दु कुमारी यादवको ठाउँमा राघिनी देवी वर्णवाल, गीता कुमारी श्रीवास्तवको ठाउँमा पूर्मति देवी दिंगा र लक्ष्मी चौधरीको ठाउँमा सुमन रायमाझीको नाम राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार