एमालेले देखायो दोहोरो चरित्र: अब प्रधानमन्त्री देउवा नपर्खिने, निर्णय गरेर देखाउने

काठमाडौं । केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले नियुक्त गरेका प्रदेश प्रमुखबाट सपथ नलिने घोषणा गरे । ओलीको घोषणापछि सरकारले आज सम्म प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न सकेको छैन् । यो बीचमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई बालुवाटारमा भेटी दलहरुको सहमतिमै प्रदेश प्रमुख नियुक्त गर्न दबाब थिए ।

ओलीको सपथ नखाने चेतावनी र प्रचण्डको सहमतिमै नियुक्त गर्नुपर्ने दबाबपछि प्रधानमन्त्री देउवाले यो विषयमा सहमति खोज्न आज विहान सर्वदलीय बैठक बोलाए ।

बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले प्रदेख प्रमुखको नियुक्ति र राजधानी तोक्ने विषयमा एमाले र माओवादी नेताहरुसँग सुझाव मागे । तर, एमाले नेताहरुले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने काम सरकारको भन्दै कुनै सुझाव दिएनन् । र सहमतिमै नियुक्ति गरौं भन्ने माओवादी अध्यक्ष प्रचण्ड पनि केही बोलेनन् ।

यसरी बैठकमा एमालेले दोहोरो चरित्र देखाएको छ । पहिला नियुक्त गरे सपथ नखाने धम्की दिने र नियुक्तिका लागि सुझाव तथा सहमति माग्दा सरकारको काम भन्दै पन्छिनु एमालेको दोहोरो चरित्रको पराकाष्ट हो।

प्रदेश प्रमुखको नियुक्ति र राजधानी तोक्ने विषयमा एमाले र वाम गठबन्धनका नेताहरुले दोहोरो चरित्र देखाएपछि प्रधानमन्त्री देउवाले अब आफै निर्णय लिने भएका छन् ।

प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्ति गर्ने विषयमा वाम गठबन्धनका नेताहरुले ठोस सल्लाह नदिएपछि अब सरकारले आफैं गृहकार्य गरी त्यसबारे निर्णय गर्ने कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए । ‘वाम गठबन्धनका साथीहरुले यो सरकारले नियुक्ति गरे पहिला सपथ नलिने भन्नुभयो । अहिले सुझाव माग्दा पनि सरकारको काम हो भने । अब सरकार आफै निर्णय गर्छ,’ उनले भने।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार