तरकारी खेतीमा झुसिलकिराले नष्ट गरेपछि तुलसीपुर क्षेत्रका किसानहरु चिन्तित

दाङ, पुस २०
तुलसीपुर उपमहानगरपालिका वडा नं १२ जसपुर क्षेत्रका किसानहरु आफूले लगाएको तरकारी खेतीमा झुसिलकिराले क्षति गरेको गुनासो गरेका छन्। ।
सम्वन्धित निकायमा त्यसबारे जानकारी दिँदापनि कसैले कुनै चासो नदिएको र आफूहरूको तरकारी किराले नाश गरेको स्थानीय किसानले बताएका छन । स्थानीय किसान प्रेमकुमार खड्काले आफूले खेतमा लगाएको तरकारी खेती झुसिलकिराले नाश पारेको बताए। कोपी र आलु झुसिलकिराकै कारण नष्ट भएको उनले बताए । ‘दैनिक ४ र ५ सय झुसिलकिरा मार्दापनि सकिँदैन र आजिद भएको बताए । झुसिल किराको कारण यसपटक आफूले लगाएको तरकारी खेतीबाट ठूलो घाटा बेहोर्नुपर्ने स्थिति आएको बताए। उनले आफ्नो परिवारका सदस्य मिलेर हालसम्म ५ हजार बढी झुसिलकिरा मारेको अनुमान लागाउँदै, त्यसले समास्या समाधान नभएको बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार