प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक कक्ष निर्माण हुदै

काठमाडौं, पुस २० नयाँ बानेश्वरस्थित रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई नै संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक कक्ष निर्माणको लागि तयारी तीव्र पारेको छ । सो भवनलाई संघीय संसद भवनको ?पमा प्रयोग गर्नेगरी संघीय संसद सचिवालयले तयारी तीव्र पारेको जानकारी दिएका छन ।
संविधानसभाको दुई कार्यकाल बैठक बसेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संघीय संसद सचिवालयले संघीय संसद भवनको ?पमा २(२ वर्षमा नविकरण गर्नेगरी ६ वर्षको लागि भाडामा लिने सहमति गरिसकेको छ। संसदको आफ्नै भवन सिंहदरबारमा भए पनि भूकम्पले क्षति र्पुयाएपछि सचिवालयले वार्षिक १० करोड ५८ लाख ?पैयाँ भाडा तिर्नेगरी भाडामा लिएर यो भवन प्रयोग गदै आएको छ।
यसअघि संविधानसभाको बैठक बसेको ठाउँलाई नै प्रतिनिधिसभा बैठक बस्नेगरी कुर्सी संङ्ख्या घटाएर पुनः संरचना बनाइदै छ। प्रतिनिधिसभा कक्षमा निलो रंगका कार्पेट, कुर्सीको कभर लगायतको पुनर्संरचना हुँदैछ। प्रतिनिधिसभा सँगै संयुक्त बैठक पनि सोही हलमा बस्नेगरी प्रतिनिधिसभाको हलमा सिट व्यवस्थापनको काम अगाडि बढिरहेको हो।
राष्ट्रिय सभाको बैठक भने संम्मेलन केन्द्रकै नुप्से हलमा रहनेछ जहाँ अघिल्लो भागमा राष्ट्रियसभा ५९ सदस्यका लागि र पछिल्लो भागमा पत्रकार, दर्शक बस्नेगरी कुर्सी, टेबल, माइक व्यवस्थापनको काम भइरहेको छ। राष्ट्रियसभाको कक्षमा भने कार्पेट, कुर्सीको कभरलगायतमा रातो रङ्गको प्रयोग गरिँदैछ । बैठक हलमा आधुनिक खालको माइक र रेकर्डिङको व्यवस्थासँगै प्रतिनिधिसभा कक्ष पुस मसान्तसम्म र राष्ट्रियसभा कक्ष माघ १५ सम्म सक्नेगरी काम तीव्र पारिएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार