जापानका दर्जनौं प्रतिष्ठित ब्यबसायी संघीय समाजवादी फोरममा प्रवेश

सन्डेखबर  1077 पटक हेरिएको

टोकियो । नेपालबाट जापानमा आएर लामो समयदेखि ब्यापार ब्यबसाय गरेर बस्दै आएका प्रतिष्ठित ब्यबसायी हरिचन्द्र लामा, रामु अधिकारी र हरि थापासहित दर्जनौ ब्यबसायीहरु उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

नेपाली संघीय समाज जापानका अध्यक्ष पेम्बा शेर्पा, महासचिव सन्जीब राई र कान्तो क्षेत्रीय अध्यक्ष जलन राईको उपस्थितिमा टोकियोको एक होटलमा चियापान तथा नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरु फोरम प्रवेश गरेका हुन् ।

ब्यवसायी लामा लामो समयदेखि एनआरएनए लगायत दर्जनौ संघ संस्थामा नेतृत्वकारी भुमिका खेल्दै आएका जापानबासी नेपाली समुदायबीच चिरपरिचित ब्यक्ति हुन् । त्यस्तै, अधिकारी र थापा नेपालमा लामो समय माओवादी आन्दोलनमा होमिएका योद्दाहरु हुन् ।

भेटघाटका क्रममा हरिचन्द्र लामाले आफ्नो संक्षिप्त भनाई राख्दै माओबादी पूर्ण रुपमा संघीयता र परिवर्तन बिरोधी एमाले भइसकेकाले अब उनीहरुबाट नेपालमा परिवर्तन सम्भब नरहेको जिकिर गरे । उनले अब मुलुकका पिछाडा वर्गहरुको मुक्तिको आन्दोलन संघीय समाजबादी फोरम नेपालको नेतृत्वमा मात्र सम्भब रहेकाले आफूहरु पार्टी प्रबेश गरेको र जीबनको अन्तिम घडीसम्म यही पार्टीमा रही उत्पीडित जनताको पक्षमा लागिरहने प्रतिबद्धता जाहेर गरे ।

अर्का ब्यबसायी रामु अधिकारीले आफूहरु संघीय समाजबादी फोरमको राजनीतिक दर्शन र नेताहरु अशोक राई र उपेन्द्र यादबको राजनीतिक कार्यशैलीबाट प्रभावित भई संघीय समाजबादी फोरम प्रबेश गरेको जानकारी गराउँदै आफूहरु कसैको उक्साबाट र बाध्यताले नभई पार्टीले अबलम्वन गरेको राजनीतिक मार्गप्रति पूर्ण रुपमा देशको सम्बृद्धि हुने अपेक्षासहित अबको बाँकी दिन समाजबादी फोरमलाई आर्थिक भौतिक लगायत सबै तवरबाट सहयोग गर्न तयार भएको र आजैको मितिबाट समाजबादी फोरम प्रबेश गरेको घोषणा गरे ।

लामा काभ्रे, अधिकारी गुल्मी र थापा बाग्लुङ स्थायी घर भएका बासिन्दा हुन । साथै उनीहरुले प्रवासमा रहेर पनि आफ्नो गृह जिल्लामा विभिन्न माध्यमबाट सहयोग गर्दै आइरहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार