लोकतन्त्रको रक्षाका लागि जीवनभर लड्नेछुः महामन्त्री कोइराला

सन्डेखबर  375 पटक हेरिएको

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शंशाक कोइरालाले लोकतन्त्रको रक्षाका लागि आफू जीवनभर लड्ने बताएका छन् ।

लोकतान्त्रिक विचार समाजले बुधबार आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा उहाँले लोकतन्त्रको रक्षा र मुलुकको विकासका लागि आफू जीवनभर संघर्ष गर्ने बताएका हुन् । “मैले मेरो जिम्मेवारी वहन गर्दा लोकतान्त्रिक विचार समाजसँग सल्लाह लिएर अगाडि बढ्नेछु,”– उनले भने ।

महामन्त्री कोइरालाले विपी कोइरालाले लिएको विचारलाई अंगिकार गरी मुलुकको विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । युवालाई स्वदेशमै रोजगार सिर्जना गरेर देश विकासमा लैजानुपर्ने उनको भनाइ थियो ।

पूर्वमन्त्री रामचन्द्र अधिकारीले प्रतिनिधिसभा र प्रदेशसभामा पार्टीले कमजोर नतिजा ल्याएको भन्दै पार्टीभित्र शुद्धीकरण अभियान सञ्चालन गरिनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार